हार्दिक मङ्गलमय शुभकामना
नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्व – २०८१ को हार्दिक मङ्गलमय शुभकामना
हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्दार
काठमाडौ । गृह मन्त्रालयले शनिबार र आइतबार बिहान हाल सम्म नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्दार गरेको छ ।गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिब ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्दार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो।खराब मौसमका कारण शनिबार नै हेलिकप्टर त्यहाँ पठाइएपनि उद्दार गर्न असहज भएको थियो । काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्दार कार्य जारी राखेको छ । प्रवक्ता तिवारीले गृह मन्त्रालयको अनुरोधमा विपद्को जोखिममा रहेका नागरिकहरुको उद्दारमा सेनाले लगातार हवाइ उद्दार गरिरहेको बताउनुभयो ।त्यसैगरी शनिबार उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाइ उद्दार गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताउनुभयो । तथ्याङ् अनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् । गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्दार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक सुचारु गर्न तदारुकपताका साथ लाग्न निर्देशन दिइसकेका थिए ।
राजमार्ग भद्रगोल हुँदा हवाई उडानमा अत्यधिक चाप
काठमाडौ । मुलुकका मुख्य राजमार्गमा यातायात ठप्प हुँदा हवाई उडानमा अत्यधिक चाप देखिएको छ ।वायुसेवा कम्पनीका अनुसार आज बिहानैबाट उडान नियमित भएको छ । तर, पछिल्लो तीन दिनयता उडान नियमित हुन नसकेका कारण नयाँ यात्रुले टिकट पाउनै मुस्किल देखिएको छ ।यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार पहिला नै टिकट काटेका यात्रु र नयाँ यात्रुको व्यवस्थापन मिलाउनै हम्मे परेको छ । आज सबै गन्तव्यमा जहाज पूर्णक्षमतामा उडेको भन्दै यसले त्रिभुवन विमानस्थल व्यवस्थापनमा समेत चाप परेको उनले बताए ।त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले समेत उडान संख्या बढाएका छ । यसले विमानस्थलको उडान व्यवस्थापन मिलाउन चाप भएको हो ।कम्पनीहरूका अनुसार आज मौसम राम्रो भए रात्रिकालीन उडान गरेर भए पनि धेरै यात्रुलाई काठमाडौं ल्याउने र बाहिर लैजाने योजना रहेको बर्तौलाले जानकारी दिनुभयो ।झापा लगायत गन्तव्यबाट विदेश जानुपर्ने यात्रुले जहाज चार्टर्डको समेत माग गरेको वायुसेवा कम्पनीले जनाएको छ । बुद्ध एयरका अनुसार आज सबै विमानस्थलमा नियमित उडान भइरहेको छयसअघि टिकट काटेका बाहेक अतिरिक्त टिकट व्यवस्थापनमा समस्या छ । काठमाडौं जोड्ने सबै राजमार्ग अवरुद्ध छन् । यसको असर हवाई उडानमा देखिएको हो ।
काभ्रेको रोशी स्थानमा सडक बगायो
काठमाडौ । बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको थियो । यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएका थियो ।शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि सफल हुनसकेको थिएन । खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज बिहानैबाट तयारी थालिएको थियो ।सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । यात्र मध्ये बिरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमितामा राखेर धुलिखेल र भकुण्डे ल्याइनेछ । लामाका अनुसार नार्के बजारमा १२ घर पहिरोमा परेका छ भने करिब दुई सय स्थानीय शरणमा बसेका छन् । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले करिब डेढ सय मिटर बिपी राजमार्ग बगाएको छ । अरनिको र हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिराका कारण यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् । अन्य ठाउँमा पनि सडकमा पहिरो खसेका र रोशी खोलाको राजमार्ग कटान गरेको छ ।दुई दिनको अविरल वर्षाका कारण बाढी–पहिरोमा परी काभ्रेपलाञ्चोकमा ३० जनाको मृत्यु भएको जनाइएको छ । रोशी गाउँपालिकामा ११, तेमालमा १०, चौँरीदेउरालीमा पाँच, भुम्लुमा दुई, बेथानचोक र बनेपा नगरपालिकामा एक–एकजनाको मृत्यु भएको छ । पनौती–११ स्थित थुम्कीमा भण्डारी परिवारको एक घर पहिरोले बगाउँदा चार जना बेपत्ता भएका छन् ।
नेपाल दृष्टिविहीन युवा सञ्जालद्वारा पत्रकार सम्मेलन
राजनितिमा युवा को सकृयता के कस्तो छ , भन्ने विषयमा केन्द्रत
तीन सयभन्दा बढी विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण,
काठमाडौ । बाँके जिल्लाको डुडुवा गाउँपालिकाको विकट र अविकसित मानिने वडा नम्बर ६ भनघोटनास्थित सरस्वती माध्यमिक विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरेर ३३५ जना विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । लायन्स क्लब अफ नेपालगन्ज बाँकेले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य अवस्था बुझ्न र बिरामी भए उपचार गर्नका लागि सहयोग गर्न विद्यालयमा कान आँखा जाँच शिविर राखेर ३३५ जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्ने कार्य गरेको विद्यालयकी शिक्षिका माधवी शाहले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न ठाउँमा पुगेर स्वास्थ्य उपचारका लागि सहयोगी भूमिका खेल्दै आएको लायन्स क्लब अफ नेपालगन्जले गरेको शिविरमा ग्रामीण क्षेत्रका विद्यार्थीहरूको कान र आँखा चेकजाँच गरी निःशुल्क औषधी दिएको र जटिल समस्या देखिएकाहरुलाई सम्बन्धित अस्पतालमा रिफर गरिएको छ ।लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष प्रिन्सु जैनले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको स्वास्थ्य अवस्था बुझ्न र समस्या देखिए उपचारमा सहयोग गर्नका लागि २२ जनालाई ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र फुल्टेक्रामा रिफर गरिएका छ । सो शिविरमा नेपालगन्जस्थित भिजन आँखा अस्पताल र ब्रिनोज कान उपचार केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीबाट विद्यार्थीको कान र आँखा परीक्षण गरिएको थियो । सो स्वास्थ्य शिविरमा लायन्स क्लबका वरिष्ठ अग्रजहरु मुकुन्द ढकाल, ज्ञानेन्द्र श्रेष्ठ, शशी स्वाँर, कृष्ण प्रसाद श्रेष्ठ, गुन्जन सोनिया, प्रकाश लामिछाने, जितेन्द्र जोशी, ऋदिकरण सिंह तथा बिद्यालयका शिक्षक र विद्यार्थीहरुको उल्लेख्य सङ्ख्यामा सहभागिता रहेको थियो ।
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री लिफेङबिच बेइजिङमा भेटर्वार्ता
काठमाडौ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवम् सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताउनुभएको छ । उहाँले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।यसैगरी, चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।पौडेलले केरुङ–काठमाडौँ रेल निर्माण, टोखा–छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गर्नुभएको छ ।भ्रमण टोलीमा रहनु भएका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालको तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको जानकारी दिनुभयो ।करिव एक घण्टा भएको भेटर्वार्तामा नेपालका तर्फबाट अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यबहाक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।चीन सरकारको तर्फबाट उपप्रधानमन्त्री हि लिफेङ, यातायात मन्त्री लि स्याओफङ, बेइजिङ महानगरका मु फङ, नेशनल रेलवे एडमिनिस्ट्रेसनका प्रमुख फे दोङ विङ, नागरिक उडड्यन प्रमुख सोङ च्योङ लगायतका अधिकारी सहभागी हुनुहुन्थ्यो ।
दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति
विद्युतीय अपराध कारोबार ऐन विपरितको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
आजदेखि सर्वसाधाराणका लागि खुल्यो धरहरा
काठमाडौ । संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ ।भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो। २०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि ९ वर्षपछि अस्थायी रूपमा सञ्चालनमा आउन लागेको हो ।अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्क नलाग्ने शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।एक दिनमा अधिकतम पाँच सय सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ । अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
नेशन फस्टले थाल्यो आन्दोलनको तयारी, प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख बनाउने अभियान
काठमाडौं । राष्ट्रियता, उन्नत लोकतन्त्र, मानवतावाद को मुल नारा बोकेर सुरु भएको नेशन फस्ट अभियानले आज काठमाडौंमा राष्ट्रिय प्रशिक्षण भेला सम्पन्न गरेको छ, भेलाले भ्रष्टचारमुक्त समाज निर्माण गर्ने र नागरिकलाई सक्षम मार्गमा डो¥याउन, देशमा शासकिय स्वरुप समेत परिवर्तन गर्नुपर्ने कुरा उल्लेख गरेको छ । कार्यक्रममा बोल्दै, अभियानका संयोजक नन्द काप्रीले अब जनता द्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, केन्द्रमा ९ सदस्यीय मन्त्री मण्डल, प्रदेशमा मुख्य मन्त्री नरहने, न्यायधीस प्रतिस्पर्धाबाट आउनुपर्ने, प्रत्यक्ष निर्वाचित निर्वाचन, हरेक जिल्लाबाट १ महिला र १ पुरुष सांसद हुने १६ वर्ष देखिका युवालाई उत्पादन सेना बनाउने, राष्ट्रघात गर्नेलाई मृत्युदण्ड दिने, ४७ साल पछिका उच्च पदस्थ र कर्मचारीको सम्पती छानबिन गर्ने, शिक्षा, स्वास्थ्य, बित्तिय कारोबार, भौतिक निर्माण, सबै सरकार मातहतमा राख्ने, नेता र पूर्व कर्मचारीले लिएको सेवा, सुविधा कटाउने, मजदुरको तलब ३० हजार तोक्ने, बन्द उद्योग खोल्न नेशन फस्टमा सबै नेपाली जोडिन आग्रह समेत गरेका छन । भभियानले देशभर भ्रष्टचार विरुद्ध कार्यक्रम गर्ने र अभियानलाई तिब्र बनाउने घोषणा गरेको छ ।