विद्युतीय जोखिम न्यूनीकरण गर्न श्रमदानद्वारा झाडी हटाइँदै
काडमाण्डोेै्् । विद्युतीय जोखिम न्यूनीकरण गर्न भोजपुरका स्थानीयवासीले श्रमदान गरेर झाडी हटाएका छन् । रूखले विद्युतीय तार छुँदा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर उनीहरुले रूख तथा झाडी हटाएका हुन् ।अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयले विद्युत् अवरुद्ध समस्या तथा रूखले तार छोएपश्चात् दुर्घटनाको सम्भावना बढेकाले श्रमदान गरेर झाडी हटाएका हुन् । श्रमदान अभियान सञ्चालन गरेर विद्युत् लाइन आसपासमा रहेका रूखबिरुवा हटाउने तथा छाँटकाँट गर्ने काम गरिएको वडा–७ का वडाध्यक्ष कुमार थापाले बताउनुभयो ।वडा कार्यालयको अगुवाइमा भएको यो अभियानमा स्थानीयहरु भेला भएर वडाका सबै टोलबस्तीहरुमा रहेका विद्युत्को तार तथा पोलहरुमा छोएका रूखबिरुवाहरु हटाउने छाँटकाँट गर्नेलगायतका काम गरिएको वडाध्यक्ष थापाको भनाइ छ । खास गरेर रूखले विद्युतीय तारमा छोएर हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक काम गरेका छौँ । त्यस्तै सडक मर्मत तथा सरसफाइको कामलाई पनि अघि बढाएका छौँ भनी उहाले बताउनुभयो ।
सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी ठहर
काठमाडौं । सहकारी ठगि प्रकरणमा रवि लामिछाने दोषी ठहर हुनुभएको छ । गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएको विषयमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको हो ।गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी)राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समितिका एक सदस्यले जानकारी दिनुभयो् ।रवि लामिछाने प्रबन्ध निर्देशक रहेकै समयसम्म पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा भित्रिएको समितिले ठहर गरेको छ । समितले रविसँगै ९ जनालाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदनमा आज संसदमा पेश गर्दै छ ।समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले तीन महिना १५ दिन लामो अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाउन लाग्नुभएको हो ।एमाले सांसद सुर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम सुरु गरेको थियो । शुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो ।समितिले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगि भएका भनिएका सहकारीका वर्तमान र पुर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरुसँग गरि ६३ वटा बैठक गरेको थियो । समितिले नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको ठह¥याएको र उहाँमाथि अनुसन्धान गर्न समितिले सिफारिस गरेको छ ।समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र श्रीमती ज्योति गुरुङको संलग्नता रहेको भन्दै अनुसन्धान गर्नका लागि सिफारिस भएको हो ।समितिले छानबिन गरिरहेका बेला सहकारी मितेरी सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो । उहाँमाथि पनि अनुसन्धान गर्न समितिले सरकारी निकायलाई पत्राचार गर्ने समितिमा सहमति भएको हो । समितिका सदस्यका अनुसार प्राप्त प्रमाणका आधारमा गुरुङमाथि अनुसन्धान गर्न समितिले सिफारिस गर्ने सहमति जुटेको छ ।समितिमा एमाले सांसद सूर्य थापा संयोजक रहेका थिए भने एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे दिलेन्द्र प्रसाद बडू, र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । कांग्रेसका बद्री पाण्डे मन्त्री बनेपछि बडुले समितिको सदस्यको रुपमा काम गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आज सम्बोधन गर्नुहुने
काठमाडौँ । आज अपराहन्न १ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने उहाँको सचिवालयले जानकारी दिएको छ ।यसैबीच प्रतिनिधि सभाको बैठक बस्ने बारे भने अझै अन्योल रहेको छ । हिंसा शब्द बारे माओवादी केन्द्रले संसद्को बैठक अवरोध गरिरहेकाले आइतबारको बैठक बस्दै नबसी स्थगित भएको थियो । गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ुहिंसाु शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो । अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ ।
कोशी प्रदेशका ७८ सहकारी उच्च जोखिममा
कोशी प्रदेशका ७८ सहकारी उच्च जोखिममा ,जोखिममा रहेका सहकारी संस्थाको नाम भने उल्लेख नगरेको कार्यालयले प्रदेश कार्यक्षेत्र रहेका १०७७ वटा सहकारी मध्ये ४६२ वटा सहकारी संस्थाको निरीक्षण तथा वित्तीय विश्लेषण गर्दा एउटा पनि सहकारी अति न्यून जोखिममा देखिएको छैन । कार्यालयको तथ्याङ्क अनुसार झापामा सबैभन्दा बढी ३५ वटा सहकारी संस्था उच्च जोखिममा रहेका छन् । यस्तै मध्यम जोखिममा १४१ वटा र न्यून जोखिममा आठ वटा सहकारी रहेका छन् । मोरङमा १९ वटा सहकारी उच्च जोखिममा रहेको देखिएको छ । मध्यम जोखिममा १२८ र २० वटा सहकारी न्यून जोखिममा रहेका छन् । सुनसरीमा १५ वटा उच्च जोखिममा,४० वटा मध्यम जोखिममा र ३ वटा न्यून जोखिममा रहेका छन् । कोशी प्रदेश रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रमुख रजिस्ट्रार हरिबहादुर खत्रीका अनुसार रजिस्ट्रार कार्यालयले कोशी प्रदेशका १४ मध्ये भोजपुर बाहेक सबै जिल्लाका सहकारीको वित्तीय विश्लेषण गरेको थियो । उहाँका अनुसार झापाका १८४, मोरङका १६७ र सुनसरीका ५८ वटा सहकारीको विश्लेषण गरिएको हो । यस्तै इलामका १० वटा ,पाँचथरका नौ वटा,धनकुटा र तेह्रथुमका आठ÷आठ वटा सहकारीको वित्तीय विश्लेषण गरिएको हो । यसै गरी उदयपुर र सङ्खुवासभाका पाँच÷पाँच वटा,सोलुखुम्बुका तीन वटा,ओखलढुङ्गा र ताप्लेजुङका दुई दुई वटा र खोटाङको एउटा सहकारीको वित्तीय विश्लेषण गरिएको थियो ।
काठमाडौँका मेयर बालने शाह प्रधानमन्त्री केपीशर्मा ओलीबिच चकाचर्की
काठमाडौँ। पछिल्लो समय बालने शाह गजेडिनामले समेत चिनिनथालेका छन् , यमालेका कर्यकर्ताले उनलाई गजेडि उपनामदिनभ्याएका छन् । साझ परेपछि गाजा , मध्यपानको जोशमा स्टाटस लेखेको आरोप उनि हरु लगाउछन् ।पछिल्लो समय काठमाडौको मेयर बालेन शाह र प्रधानमन्त्री केपीशर्मा ओलीबिच , भिडन्त भएको छ । यो भिडन्तले रोकिने नामनै लिगेको छैन । बेला बेलाबालेनले आफ्नो फेसबुकको पोस्ट मार्फत ओलीलाई प्रहार गर्न थालेका छन् र नेकपायमालेकाभात्री संगठन समेत बालेन शाहाको बिरोधमाउत्रिएको छ । केहि समय पहिले नेकपायमालेकीप्रदेश सांसद रेखा र्शमाले बिगत ८ वर्ष देखीबन्दीबनाएर , एक जनानबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । ।काठमाडौंमहानगर ले बिगत २ महिना देखीकारबाही अगाडी बढाउनु भन्दापनि यो सरकार ले समाएको छैन । अदालतले पनिमुद्दा चलाउभनेर भनी सकेको छ ।सम्माननियप्रधानमन्त्री खड्ग प्रसादओली ज्यु ,सुशासनभनेको अदालतले नि समाउभनेको तपाईंको सांसद रेखाशर्मा जसलाई बालशोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदनादिदै एक लाख घोषणा गर्नु नै होला ।कहिले समाउने ??किनसमाउने ??भन्दै स्टाटस लेखेपछि पछिल्लो समय झनयमालेको भात्री संगठन अनेरास्वीउको केन्द्रीयअध्यक्ष समिक बडाल र बालेन शाहाबिच डिजिटल भिसड युद्धनै चलेको थियो । हिजो रातिबालदिवसको दिनबालेनले लेखेको एक इस्टाटसले फेरि डिजिटल युद्ध शुरुभएको छ । बालेन लेख्छन् ,पीडित बालिकाहरुले प्रम( खडग प्रसादओली ) को कारण न्यायनपाएर मर्नु परेको कारण बालदिवसको सुभकामनादिन सकिन ,सो सुभकामना स्वयप्रमज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।बालेन शाहाकोे स्टाटसमा, धेरैले समर्थन गरको छन्भने कतिले मधिरापीएर इस्टाटस न लेख्नु होल भनेका छन् , जनतालाई भ्रममापार्ने काम न गर्नु होल भनेकाछन् । आशा छ , जनताको मतलिगेर जितेकाले जनताको लागिकामगर्ने छन् , डिजिटल वार अन्त्यगर्ने छन् ।
बिर्तामोडको गिरीबन्धु टि स्टेट नजिकै प्रेसर कुकर बम बिस्फोट
बिर्तामोडको गिरीबन्धु टि स्टेट नजिकै प्रेसर कुकर बम बिस्फोट, उक्त बिस्फोट कसले किन र के उद्देश्यले गरयो भन्ने बारे प्रहरीले नखुलाएकोबिर्तामोडको स्यालडागीस्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शमशेर एण्ड गंगादेवी टि स्टेटको कम्पाउन्डको पर्खालबाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ।छत्रबाबु गिरीले सञ्चालन गर्दै आएको सो टिस्टेटको कम्पाउन्ड पर्खाल बाहिर माओवादी पूवी केन्द्रीय कमाण्डको पर्चा भेटिएको छ।स्थानीयले बम बिस्फोट भएको खबर प्रहरीलाई गरेका थिए। आज विहान ६ बजे घटनास्थल पुगेको प्रहरीले पर्चासहित बिस्फोट भएको कुकर बरामद गरेको छ।प्रहरीका अनुसार सो स्थानमा विस्फोट भएको जस्तो नदेखिएको, अन्यन्त्र कतै बिस्फोट गराई विस्फोटमा प्रयोग भएको सामानहरू ल्याई राखिएको जस्तो देखिएको छ। उक्त बिस्फोट कसले किन र के उद्देश्यले राखिएको हो भन्ने बारे प्रहरीले खुलाएको छैन, तर पर्चामा हेर्दा नेकपा माओवादी नामको शसस्त्र समूहले कब्जा गरेको भन्ने खुल्न आउँछ । उनिहरुले उक्त जग्गा सार्वजनिक भएको र केपी शर्मा ओलीले निजिकरण गर्न खोजेको आरोप लगाएका छन् । सो जग्गा तुरुन्तै फिर्ता गर्न समेत चेतवानी दिएका छन् ।
टीआरसी संशोधन विधेयक सच्चाउन माग गर्दै प्रदर्शन
काठमाडौँ । द्वन्द्व पीडित विभिन्न १९ वटा सङ्घ संस्थाले सङ्क्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयकमा रहेका कमजोरी सच्चाउन माग गर्दै प्रदर्शन गरेका छन् ।
सिधा कुराविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले आज फैसला सुनाउँदै
काठमाडौँ । सर्वोच्च अदालतले ‘सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा फैसला सुनाउने तयारी गरेको छ। यसअघि बहस सकेर सर्वोच्चले आज (भदौ ६ गते) का लागि निसु तोकेको थियो ।
अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेता श्रेष्ठ सँग गरिन् विवाह
काठमाडौँ । अभिनेत्री अरुणिमा लम्सालले विवाह गरेकी छन् । उनले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी हुन् । सोमबार काठमाडौँको बत्तीसपुतलीस्थित राम मन्दिरमा दुईबिच विवाह भएको हो ।
ललितपुरमा सामूहिक बलात्कारको प्रयास, ३ जनाविरुद्ध जाहेरी दर्ता, आरोपितहरु अझै परेनन् पक्राउ
काठमाडौं । ललितपुरको सानेपामा एक महिलामाथि सामूहिक बलात्कारको प्रयास भएको छ । बलात्कार प्रयास गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता समेत भएको छ ।