मन्त्रिपरिषद्को नियमित बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ ।
सुदूरपश्चिमको नीति तथा कार्यक्रम बहुमतले पारित
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणः खाँणका वकिलले आजबाट बहस गर्ने
नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार पूर्व गृहमन्त्री बालकृष्ण खाँणका कानुन व्यावसायीहरुले बहस गर्नेछन् ।
प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिटको सुनुवाइ आज हुने
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुख दाहाललाई विद्यार्थीहरूले दले मोसो
विराटनगर- पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुख महेश दाहाललाई विद्यार्थीहरूले मोसो दलेका छन् ।सोमबार दाहालमाथि क्वार्टरमै गएर विद्यार्थीहरूले मोसो दलेका हुन् ।पूर्वाञ्चल विश्वविद्यालय भित्र अनेकौं समस्याका लागि लामो समय मागसहितका शान्तिपूर्ण आन्दोलन गर्दा पनि र भिसि कार्यालयसँग वार्ता भईरहे पनि सेवा आयोगमा राखेको मागको सम्बोधन नहुँदा यो कदम चालिएको विद्यार्थी नेताहरू बताउँछन् ।पाँच महिनासम्म पनि सेवा आयोगको अध्यक्षले वार्ता संवादको बाटो नखोजेको र माग सम्बोधन नगरिएको नेवि संघ मोरङका सभापति सरोज पोखरेलको आरोप छ ।
कोशी प्रदेशसभाको बैठक ३१ गते बस्ने
कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ।
अर्थमन्त्रिले ‘प्रतिपक्षको काम राम्रो कुरा भए पनि बिरोध गर्ने नै हो’ भनिएको प्रति सांसद गैरेको आपत्ति
अर्थमन्त्रिले ‘प्रतिपक्षको काम राम्रो कुरा भए पनि बिरोध गर्ने नै हो’ भनेर गरिएको उपहास प्रति सांसद ठाकुर गैरेले दुख लागेको बताएका छन् ।
सार्वजनिक जग्गामा महानगरले डोजर चलाएपछि स्थानीयको विरोध
अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन्।
प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरूद्धको सुनुवाइ बिहीबार हुने
प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरूद्ध परेका उजुरीमाथिको सुनुवाइ बिहीबार हुने भएको छ।
प्रतिनिधिसभा बैठक बस्दै, आज आर्थिक वर्षको बजेटमाथि छलफल हुने
सोमबार प्रतिनिधिसभा बैठक बस्दैछ ।